दफा २०
ऋण तथा सहयोग लिन सक्ने
बोर्डले आवश्यकता अनुसार नेपालभित्रको कुनै बैङ्क वा वित्तीय संस्था वा विदेशी सरकार, अन्तर्राष्ट्रिय संघ वा संस्थाबाट ऋण वा सहयोग प्राप्त गर्न सक्नेछ ।
तर विदेशी सरकार, अन्तर्राष्ट्रिय संघ वा संस्थाबाट ऋण वा सहयोग प्राप्त गर्नु अघि बोर्डले नेपाल सरकारको स्वीकृति लिनु पर्नेछ ।